१८ पुस , काठमाडौ –
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उम्मेदवारको १६ जना उम्मेदवार चयन गरेको प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले जानकारी दिए। बिहीबार राति नटुंगिएको बैठक शुक्रबार बिहान ८स्३० बजे पुनस् बसेको थियो। नेकपाले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम छ। सबै क्षेत्रमा जित निश्चित देखिएको नेकपाभित्र उम्मेदवार बन्न र बनाउन दौडधुप चलेको थियो। राष्ट्रियसभामा रिक्त १९ मध्ये १८ सिटका लागि माघ ९ गते निर्वाचन हुँदैछ। राष्ट्रपतिबाट मनोनित हुने एक पदमा सरकारले पछि सिफारिस गर्नेछ। प्रदेश २ मा राजपासँग चुनावी तालमेल गरेको नेकपाले १६ पदमा उम्मेदवारी दिनेछ। राजपाले २ सिटमा उम्मेदवार पाउनेछ।
राष्टिय सभामा नेकपाका उम्मेदवारहरु
प्रदेश १
इन्दु गौतम (महिला)
गोपी अछामी (दलित)
देवेन्द्र दाहाल (अन्य)
प्रदेश २
तुलसा दाहाल (महिला)
राधेश्याम पासवान (दलित)
प्रदेश ३
गंगा वेल्वासे ९महिला)
वेदुराम भुषाल (अन्य)
गण्डकी
नारायणकाजी श्रेष्ठ (अन्य)
भगवती न्यौपाने (महिला)
प्रदेश ५
विमला घिमिरे (महिला)
जगप्रसाद शर्मा (अपांगता अल्पसंख्यक)
गोपाल भट्टराई (अन्य)
कर्णाली
मायाप्रसाद शर्मा (अन्य)
सुमित्रा विसि (महिला)
सुदूरपश्चिम
तारामान स्वार९ (अन्य)
शारदा भट्ट ९ (महिला)
२०७६ पुस १८ गते प्रकाशित