
१५ पुस , धादिङ –
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ र ६ अन्तर्गतको बजार अनुगमन गरिएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका स्थितमा संचालनमा रहेका व्यापारिक फर्म‚ किराना पसल तथा होटलहरुमा संयुक्त बजार अनुगमनका जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी श्री अर्जुन कुमार शर्माको नेतृत्वमा बजार अनुगमन गरिएको हो ।
घरेलु तथा साना उधोग विकास समितिका प्रतिनिधि‚ त्रिपुरासुन्दरी गाउँपालिका कार्यालयमा प्रतिनिधी‚ धादिङ उधोग वाणिज्य संघका प्रतिनिधी‚ उपभोक्ता हित संरक्षण समितिका प्रतिनिधी‚ ईलाका प्रहरी कार्यालय सल्यानटार धादिङका प्रहरी कर्मचारीहरु‚ राष्ट्रिय अनुसन्धान विभाग धादिङका प्रतिनीधी‚ संचारकर्मी‚ सरोकारवाला निकायहरुका प्रतिनिधीहरु लगायतको उपस्थितीमा अनुगमन गरिएको थियो ।
किराना पसल‚ होटल तथा खाजा पसल अनुगमन गरी कुरमुरे १७ प्याकेट ,चाउचाउ ४४ प्याकेटसुजी ८ प्याकेट , जुस १४ थान, विस्कुट १८ प्याकेट , पेय पदार्थ २६७ थान , फुरनदाना ४ प्याकेट , लड्डु १२ पिस , स्प्राईट ११२ बोतल , फान्टा ७४ बोतल , कोकाकोला २ बोतल अुगमन गरी म्याद नाघेका खाद्यय सामगी्रहरु बरामद गरी नष्ट गरिएको छ ।
२०७६ पुस १५ गते प्रकाशित