धादिङ – भूकम्पबाट मृत्यु भएको परिवारलाई धादिङ दार्खाका हरि सिं गुरुङले प्रति परिवार जनही १५ हजार रुपैया सहयोग गर्नुभएको छ । ब्रेकनवेल्स नेप्लिज सोसाइटी युके र दार्खाबासी कोरिया समाजसंग पहल गरी दार्खा गाँउ विकास समिति भरी मृत्यु भएका परिवारलाई गत जेठ ९ गतेदखि नै प्रत्येक घरधुरीमा गएर आफैले नगद र अन्य खाद्यन्न सामग्री हस्तान्तरण गुर्नभएको हो ।
बैशाख १२ गते गएको विनाशकारी भुकम्पमा परेर घरवार विहिन भएका र परिवारजन गुमाएकाहरुलाइ थोरै भएपनि राहत मिलोस भनेर आफु जन्मेको ठाउँ दार्खामा सहयोग गर्न आएको गुरुङले बताउनुभयो । विनाशकारी भुकम्पमा परी दार्खा गाउँ विकास समितिमा मात्रै ५० जनाको मृत्यु भएको छ । २०६८ सालको जन गणनाअनुसार ११ सय ७८ घरधुरी रहेको दार्खाका ९ सय भन्दा बढी घरहरुमा भुकम्पले पुर्ण क्षति पु¥याएको गाविसले जनाएको छ । गाउँमा लगेको विद्युत सेवा पनि अवरुद्ध हुँदा भुकम्प गएको एक महिना भइसक्दा पनि स्थानियहरु अन्धकारमा बस्न बाध्य भइरहेको अवस्थामा गुरुङले गाउँ विकास समितिका सवै घरधुरीलाइ सोलार बत्ति प्रदान गनुभएको छ । त्यसैगरी गाउँ विकास समिति भित्र रहेका अतिविपन्न ६२ घरका दलित परिवारलाइ चामल, कम्वल, दाल, चाउचाउ र त्रिपाल पनि हस्तान्तरण गर्नुभएको छ । आफु दार्खामै जन्मेर यो अवस्थामा आइपुगेकाले भावी दिनमा पनि दार्खा बासीको सहयोगको लागि जस्तापाता र अरु सहयोग लिएर आउने गुरुङले बताउनुभएको छ ।
भुकम्पमा परेर धादिङमा अहिलेसम्म ७ सय ३२ जनाले ज्यान गुमाइसकेका छन भने ७ सय ३० भन्दा बढी घाइते भएका छन् । भुकम्पमा पिडित भएकाहरुलाइ सरकारी संयन्त्र र विभिन्न संघसस्थाहरुको पहलमा राहत वितरण कार्य पनि भइरहेको छ । यसैक्रममा धादिङको उत्तरी क्षेत्रको दार्खा गाउँ विकास समितिमा भुकम्पबाट मृत्यु भएका सवै ब्यक्तिका परिवारलाइ दार्खाकै पुर्व स्थानियबासीले जनही १५ हजार रुपैयाको दरले नगद सहयोग गरेका छन ।