Mon. Mar 10th, 2025

धादिङबेसीमा केन्द्रिय कार्यालय रहेको नेशनल माइक्रोफाइनान्सको नाफा २० करोड ६२ लाख


२९ मंसिर, धादिङ –


नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाले २० करोड ६२ लाख ९१ हजार रुपैयाँ नाफा गरेको छ । गत वर्षको तुलनामा ५३ प्रतिशतले वृद्धि भएको संस्थाले जनाएको छ । हाल ३ अर्र्ब ६६ करोड ५४ लाख २० हजार लगानीमा रहेको कर्जामा नाफा गर्न सफल भएको फाइनान्सका अध्यक्ष केशवप्रसाद आचार्यले जानकारी दिए ।

धादिङबेसीमा भएको साधारणसभाले आर्थिक वर्ष २०७५÷०७६ को नाफाबाट शेयरधनीलाई ७५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल ८० प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले पारित गरेपछि संस्थाको चुक्त्ता पुँजी २६ करोड ४० लाख पुगेको अध्यक्ष आचार्यले बताए ।

वित्तिय संस्थाले पाँच वर्षमा ४३ वटा जिल्लामा ६५ वटा शाखा मार्फत सेवा दिइरहेको छ । देशभर ८२ हजार भन्दा बढी विपन्न परिवारलाई सेवा पु¥याइरहेको छ । धादिङ जिल्लामा भने नीलकण्ठ नगरपालिकाको धादिङबेसी र गोगनपानीमा शाखा रहेको छ । त्यसको लागि संस्थाले १७ अर्ब कर्जा वितरण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादबले जानकारी दिए ।

संस्थाले विपन्न परिवारलाई कुखुरा पालन, तरकारी खेती, वाख्रा पालन, वंगुर पालन, साना व्यावसाय तथा पसल सञ्चालन गर्न ऋण लगानी गर्दै आइरहेको छ । शाखा रहेका ठाउँका ५५ हजार भन्दा बढी घरपरिवारलाई आयआर्जनका हेतुले विभिन्न परियोजना संचालन समेत गरिएको छ । परियोजना संचालन गर्नका लागि ४ अर्ब कर्जा लगानी गरेको छ ।

लघुवित्त कार्यक्रम मार्फत समाजका विपन्न तथा गरीब वर्गको जीवनस्तर माथि उठाउने र राष्ट्रको गरिबी न्यूनिकरणमा टेवा पु¥याउने लक्ष्यका साथ धादिङ जिल्लामा केन्द्रिय कार्यलय रहने गरि स्थापना गरिरएको हो । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि.को प्रवद्र्धन नेपाल इन्भेष्टमेण्ट बैंक लि., कुमारी बैंक लि. सहित सातवटा बैंक तथा वित्तीय संस्था र नेपालका ख्यातीप्राप्त व्यक्तिहरूबाट गरिएको नेपाल राष्ट्र बैंक बाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्था हो ।

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकामा केन्द्रिय कार्यालय रहेको वित्तिय संस्था वि.स.२०७१ असार १८ गतेबाट विधिवत रूपमा सञ्चालनमा आएको हो ।

२०७६ मंसिर २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: