Thu. Nov 28th, 2024

धादिङको बद्रिविशाल माविमा अक्षय कोषका लागि चार लाख सहयोग


२६ मंसिर, धादिङ –


धादिङको गंगाजुमना गाउँपालिका वडा नं ७ मा रहेको बद्रि विशाल माध्यमिक विद्यालयमा अक्षय कोष स्थापना गरिएको छ । पूर्व शिक्षक तथा विद्यार्थी मन्चको सक्रियतामा कोष स्थापना गरिएको हो ।

तत्कालका लागि पूर्व शिक्षक तथा विद्यार्थी मन्चमा आबद्ध सदस्यहरुद्धारा संकलित चार लाख एक सय ११ रुपैया रकम विद्यालयलाई प्रदान गरिएको छ । एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारी मार्फत विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

आफू पढेको तथा आफूले पढाएको विद्यालयको विकास र समृद्धिका लागि स्थापना गरिएको मन्चका सदस्य गोपाल श्रेष्ठले बताए । अक्षयकोषमा संकलित रकमले असहाय र जेहेन्दार बालबालिकाको अध्ययनमा सहयोग गर्ने, खेलकुद अतिरिक्त क्रियाकलापमा सहकार्य गर्ने, शैक्षिक गुणस्तर विकासमा सहयोग गर्ने बताइएको छ । अक्षयकोषमा पूर्व शिक्षक तथा विद्यार्थीहरू बाट संकलित रकम हस्तान्तरण गरिएको हो ।

२०७६ मंसिर २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: