Mon. Mar 10th, 2025

सेन्ट्रल जोन भलिबल विजेता महिला टिमलाई पूर्वघोषित पुरस्कार प्रदान

१० मंसिर, –

बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन सिनियर वुमन्स भलिबल च्याम्पियनसिपको स्वर्ण विजेता नेपाली राष्ट्रिय भलिबल टोलीका सबै सदस्यलाई पूर्वघोषित पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।
मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा। युवराज खतिवडाले राष्ट्रिय टोलीका १२ खेलाडी र ४ अफिसियलले पूर्वघोषणा अनुसार जनही नगद ३ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन्

१३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको नेपाली टोलीको हौसला बढाउन पूर्वघोषित पुरस्कार सागअगाडि नै हस्तान्तरण गरिएको राखेप सदस्यसचिव रमेशकुमार सिलवालले बताए।

कात्तिक २२ देखि २८ गतेसम्म बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगितामा नेपालले एकपक्षीय जित निकाल्दै उपाधि उचालेको थियो।

नेपालसहित अफगानिस्तान, किर्गिस्तान, बंगलादेश र माल्दिभ्स सहभागी प्रतियोगितामा नेपालले एउटा सेट पनि नगुमाइ उपाधि जितेको हो। नेपालले फाइनलमा माल्दिभ्समाथि ३(० को जित रचेको थियो।

नगदसहित पुरस्कृत हुने खेलाडीहरुमाः
अरुणा शाही ९कप्तान०, सरस्वती चौधरी, रेश्मा भन्डारी, उषा विष्ट, प्रतिभा माली, कमला पुन, सुनिता खड्का, निरुता ठगुन्ना, जानकी भन्डारी, सफिया पुन, सलिना श्रेष्ठ र पुनम चन्द
प्रमुख प्रशिक्षकः जगदीश भट्ट
मुख्य प्रशिक्षकः सलिना श्रेष्ठ
प्रशिक्षकः भरत यादव

२०७६ मंसिर १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: