२५ कार्तिक, काठमाडौ –
एक दिन कामविशेषले चाबहिल जानुपर्दा मैले एक कक्षा पढ्ने छोरालाई पनि सँगै लगेकी थिएँ । चाबहिल चोकमा उसले सडक पार गर्न मानेन । ‘स्कुलमा सरले जेब्रा क्रसिङबाट मात्र सडक पार गर्नू भन्नुभा’ छ, खै त जेब्रा क्रसिङ रु’ भन्दै ऊ यताउता हेर्न थाल्यो ।
शिक्षकले ‘परिवारसँग गएर ट्राफिक बत्ती र जेब्रा क्रसिङ हेरेर आउनू’ भन्नुभएको रहेछ । अति नै व्यस्त चोकमा एक ट्राफिक प्रहरीले धूलो खाँदै गाडीलाई सिटीको भरमा सञ्चालन गरिरहेका थिए । न कतै जेब्रा क्रसिङको निसान, न त ट्राफिक बत्तीकै ।
छोराले किताबमापढेका कुरालाई व्यवहारमा देख्न पाएन, बरु बिजुलीका तारहरू पोल नै ढल्ने गरी अल्झेको भने देख्न पायो १ मर्मत–सम्भार गरेका ठाउँमा पनि काटेर फालिएका तारहरू कति दिनसम्म उठाइएका हुँदैनन् । यसले सवारी साधन र पैदल यात्रुहरूलाई असजिलो भएको हुन्छ ।
सडक बढीजसो सद्दे छैनन् । पाइलैपिच्छे भएका खाल्डाखुल्डीले दुर्घटनालाई अझै बढावा दिएका छन् । भर्खर मोटरसाइकल चलाउन थालेका युवाहरू आँखा चिम्लिएर हुइँकिने गर्छन्, जसका कारण स्कुल, अस्पतालअगाडि दुर्घटनाको हुने जोखिम बढ्दै गइरहेको छ । सडकपेटीमा हिंँड्नै नमिल्ने गरी तरकारी, फलफूल र लुगाफाटा बेच्न राखिएका हुन्छन् । मोटरसाइकल वर्कसप तथा घर निर्माणका सामग्रीले सडक उत्तिकै ओगटेका हुन्छन् ।
साथै व्यस्त सडकका दुवैतिर दुईपांग्रे र चारपांग्रेको अनधिकृत पार्किङबाट सडकमा सकस झन् थपिने गरेको छ । धूवाँधूलो बढी तर हरियालीको कमीका कारण सहरको मध्यभाग पुग्दा नै अक्सिजन अभावले सास फेर्न पनि मुस्किल हुने गरेको छ । जामका कारण गन्तव्यमा पुग्न सधैं ढिलो हुने गर्छ, जसबाट काठमाडौं उपत्यकावासी आजित भइसकेका छन् । घण्टौंको जामले उपत्यकाका मानिसको मात्रै होइन, पुलहरूको आयु पनि छोट्याइरहेको छ ।
२०७६ कार्तिक २५ गते प्रकाशित