Tue. Mar 18th, 2025

जापानमा आँधी : कम्तीमा १० को मृत्यु, ७० लाखलाई सुरक्षित स्थानमा जान आग्रह


२६ असोज, काठमाडौं –

जापानमा आएको आँधीले कम्तीमा १० जनाको ज्यान लिएको छ। ६० वर्षयताकै ठूलो आँधीमा परेर १६ जना हराइरहेका छन्। मुसलधारे पानी पछि आएको बाढी र पहिरोले देशका अधिकांस स्थानको जनजीवन प्रभावित बनाएको छ।

टोकियोबाटमा पर्ने इगु पक्षेत्रमा शनिबार साँझ ७ बजे ठोक्किएको हगिबास नामको आँधी मुसलधारे पानी र पहिरोको कारण बनेको सञ्चारमाध्यमले जनाएका छन्। बीबीसीका अनुसार आँधीको गति २२५ किलोमिटर प्रतिघण्टा छ।

४ लाख २५ हजार घरमा आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको छ। सरकारले ७० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनेको छ। रेल सेवा अवरुद्ध भएको छ भने हवाई सेवा समेत प्रभावित बनेको छ। जापानको मौसम विभागले राजधानी टोकियोमा आइतबार आधा मिटर सम्म वर्षा हुन सक्ने चेतावनी दिएको छ।


२०७६ असोज २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: