
२४ असोज, ओस्लो –
यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीले पाएका छन्।
शुक्रबार ओस्लो, नर्वेमा आयोजित कार्यक्रममा अलीलाई सन् २०१९ को नोबेल शान्ति पुरस्कार प्रदान गरिने घोषणा गरिएको हो। अलीलाई इथियोपियाबाट अलग्गिएको इरिट्रिया र छिमेकी देशसँग शान्ति सम्झौता गर्न उल्लेख्य भूमिका निर्वाह गरेकोमा पुरस्कृत गरिएको नोबेल समितिले जनाएको छ।
पूर्व सैनिक ुइन्टेलिजेन्स अफिसरु अली सन् २०१८ अप्रिलदेखि इथियोपियाका प्रधानमन्त्रीका रुपमा कार्यरत छन्। उनी इथियोपियाकाको सत्तारूढ दल इपीआरडीएफ र ओपिडीका सभापति छन्।
नोबेल समितिद्वारा जारी विज्ञप्तिअनुसार २० वर्षदेखि छिमेकी राष्ट्र इरिट्रियासँगको युद्ध अन्त्य गर्न अलीले इरिट्रियाका राष्ट्रपतिसँग हात मिलाएका थिए। उनले दुई देशबीच दुई दशकदेखिको युद्ध अन्त्य गर्न १० हजारभन्दा बढी राजनीतिक कैदीलाई मुक्त गराए।
र, २०१८को जुलाईमा उनले इरिट्रियाका राष्ट्रपति इसियास अफवेर्कीसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। साथै उनले बादमेको विवादित क्षेत्र समेत हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए।
सन् १९७६ मा जन्मिएका अली बेशाशा सहरमा जन्मिएका हुन्।
नोबेल शान्ति पुरस्कारका लागि अलीसहित न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्न र ग्रेटा थनवर्ग पनि मनोनित थिए।
टाइम अखबारका अनुसार नोबेल पुरस्कार विजेताहरूलाई पदक, प्रमाणपत्र र नौ लाख डलर प्रदान गरिनेछ। एक विधामा एक जनाभन्दा बढी विजेता भए उक्त रकम बाँडेर लिनुपर्छ।
आर्थिक विज्ञानतर्फको पुरस्कार अक्टोबर १४, सोमबार घोषणा गरिने भएको छ।
नोबेल पुरस्कारको यस वर्ष केही विधाका विजेताहरू यसप्रकार छन्ः
फिजियोलोजी/मेडिसिनः
फिजियोलोजी/मेडिसिनमा यस वर्षको नोबेल पुरस्कार विजेता विलियम जि। केलिन, सर पिटर जे। र्याटक्लिफ र ग्रिग एल सोमेन्जा भएका छन् । उनीहरूले शरीरमा भएको अक्सिजनको विभिन्न प्रतिक्रियामा जीनको क्रियाकलापलाई नियन्त्रित गर्ने आणविक मेसिनरीको पहिचान गरेका नोबेल समितिले जनाएको छ। उनीहरूको कामले एनिमिया, क्यान्सर लगायतका रोगहरूको नियन्त्रण कसरी गर्ने भन्नेमा सिकाइ हुने पनि समितिले बताएको छ।
भौतिक शास्त्रः
२०१९ को भौतिक शास्त्र नोबल पुरस्कारबाट सम्मानित हुनेहरू जेम्स पिब्लेस्, माइकल मेयर र डिडेर क्यवलोज हुन्। पिब्लेस् भौतिक ब्रह्माण्डमा सैद्धान्तिक आविष्कारहरूको शिक्षणमा केन्द्रित भए भने मेयर र क्यवलोजले ब्रह्माण्ड बाहेकका अन्य ग्रहको अध्ययनमा केन्द्रित थिए। नोबेल समितिका अनुसार उनीहरूका खोजका कारण संसारलाई हामीले हेर्ने अवधारणा नै परिवर्तन भएको छ।
रसायन शास्त्रः
रसायन शास्त्रतर्फ २०१९ को नोबेल पुरस्कारबाट जोन वि। गुडइनफ, एम।स्ट्यिाले विटिङहाम र अकिरा योशिन्हो पुरस्कृत भएका छन्। यी तीन वैज्ञानिकहरूले लिथियम–आयन ब्याट्री विकास र विस्तार गरेका हुन्। यसकारण उनीहरूद्वारा वायरलेस, जीवाष्म इन्धनमुक्त समाजको विकास हुने जग बसालेको समितिले जनाएको छ।
साहित्य
यो वर्ष साहित्यतर्फ दुई जनालाई पुरस्कृत गरिएको छ। गत वर्ष यौन उत्पीडन आरोपको बीचमा नै साहित्यको पुरस्कार रद्द गरिएको थियो।
सन् २०१८ का लागि साहित्य विधाको पुरस्कार पोल्यान्डकी उपन्यासकार ओल्गा टोकारजुकले पाएकी छन् भने सन् २०१९ का लागि अस्ट्रियाका पिटर ह्यान्डकेलाई दिइएको छ।
२०७६ असोज २४ गते प्रकाशित