
१७ असोज, धादिङ –
ताल्ती गोल्डकपको उपाधि भद्रकाली क्लब मलेखुले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा शितलबजार क्लब विरुद्ध जित हासिल गर्दै उपाधि हात पारेको हो ।
उज्याले युवा समाज बेनिघाट रोराङ ताल्ती धादिङको आयोजनामा भएको प्रतियोगीतामा १० वटा टिमको सहभागीता रहेको थियो ।
प्रतियोगीतामा बिजेतालाई नगद ३० हजार सहित शिल्ड मेडल र उपविजेतालाई १५ हजार नगदसहित शिल्ड मेडल प्रदान गरिएको छ । प्रतियोगीताका बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि बेनिघाट रोराङ गाउँपालिका वडा नं २ का वडा अध्यक्ष टंकबहादुर थापाले नगदसहित पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगीता असोज १५ गतेदेखि सुरु भई शुक्रबार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको तुलसीजंग थापाले जानकारी दिए ।
२०७६ असोज १७ गते प्रकाशित