१७ असोज, काठमाडौ –
नेपाल नागरिकता ऐन, २०६३ मा पनि यसबारे केही उल्लेख छैन। बरू ऐनको दफा ५ ९४० ले नेपालमा विज्ञान दर्शनशास्त्र, कला, साहित्य, विश्वशान्ति, मानव कल्याण वा नेपालको औद्योगिक, आर्थिक वा सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याएको आधार पेश गर्ने व्यक्तिलाई अंगीकृत नागरिकता दिने व्यवस्था छ। यसका लागि नेपाली वा नेपालमा प्रचलित भाषा बोल्न र लेख्न जान्ने, नेपालमै कुनै व्यवसाय गरी बसेको, अन्य मुलुकको नागरिकता त्याग गरेको वा घोषणा गरेको, कम्तीमा १५ वर्ष नेपालमा बसेको, नेपाली नागरिकलाई अंगीकृत नागरिकता दिने कानुनी व्यवस्था छ।
असल चालचनल भएको र मानसिक रूपले स्वस्थ भएका व्यक्तिलाई पनि अंगीकृत नागरिकता दिन सकिने व्यवस्था छ। तर, नेपाली महिलासँग विवाह गरेका पुरुषको हकमा भने यो लागू हुँदैन। यही नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक अहिले दफाबार छलफलका क्रममा संसद्को राज्यव्यस्था तथा सुशासन समितिमा छ। समितिले नेपाली महिलासँग विवाह गर्ने विदेशी नागरिकलाई नागरिकता दिन सक्ने व्यवस्था गर्दै प्रारम्भिक मस्यौदा तयार पारेको छ।
अधिकांश सांसदले संविधानको धारा ११९८० बमोजिम यो व्यवस्था ल्याएको तर्क गरेका छन्। ‘संविधानको धारा ११ मा नागरिकताका बारेमा बोलिएको छ। नेपाली पुरुषसँग विवाह गर्ने महिलाले पाउने अंगीकृत नागरिकताका बारेमा पछि। विदेशीलाई दिने सम्मानार्थ नागरिकताका विषयमा पनि उल्लेख छ’, समिति सदस्य यशोदा गुरुङ सुवेदी भन्छिन्, ‘संविधानले बोलेको छैन भन्ने कानुनविद्लाई मेरो प्रश्न त्यसो भए सबै खाले नागरिकताका बारेमा बोल्दाबोल्दै संविधानको धारा ११९८० किन राखियो
विदेशी पुरुषले नागरिकता पाउने यसअघिको ऐनको सर्त पनि प्रस्तावित मस्यौदामा घटाइएको छ। यसका लागि अन्य मुलुकको नागरिकता वा राष्ट्रियता सरहको परिचयपत्र लिएको भए त्यागेको, असल चालचलनको सर्त राखिएको छ। यस्तै, नेपाली वा नेपालमा प्रचलित कुनै भाषा बोल्न जानेको हुनुपर्ने सर्त छ। यसअघि विदेशी पुरुषले नागरिकता लिन बोल्न मात्रै हैन लेख्न पनि जान्नुपर्ने उल्लेख थियो। समितिले प्रारम्भिक रूपमा तयार पारेको यो मस्यौदाप्रति समिति सदस्यले नै आपत्ति जनाएका छन्। संविधानले विदेशी ‘ज्वाइँ’ का विषयमा नबोल्दा पनि समितिले जवरजस्ती ल्याएको उनीहरूको तर्क छ।
२०७६ असोज १७ गते प्रकाशित