Mon. Mar 10th, 2025

धुनिबेशीमा नगरस्तरिय फुटबल प्रतियोगिता सुरु

१३ असोज, धादिङ –

धादिङको धुनिबेशी नगरपालिका वडा न ं ६ तल्लो बानियाँटारमा नगरस्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ धुनिबेशी नगरपालिकाको आयोजना र धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता मुल आयोजक समितिको समन्वयमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगीताको सोमबार एक कार्यक्रमको आयोजना गरि नगरपालिका प्रमुख बालकृष्ण आचार्यले उद्घाटन गरे । उद्घाटनको सुरुवातमा भएको खेलमा धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता मुल आयोजक समिति र धुनिबेशी नगरपालिका कर्मचारी समुह बीच भएको प्रतियोगितामा मुल आयोजक समितीले ४ गोल गरेको छ भने नगरपालिका कर्मचारी समुहको तर्फबाट १ गोल भएको छ ।

यो सँगै मुल आयोजक समिती मैत्रीपुर्ण फुटबल प्रतियोगितामा विजयी भएको छ । मुल आयोजक समितीको तर्फबाट सुजन आचार्यले पहिलो गोल गरेका थिए । यस्तै नगरपालिका कर्मचारीको तर्फबाट विवेक आचार्यले १ गोल गरेका हुन् ।

प्रतियोगिताका लागि १३ वटा समुह दर्ता भएको र सबै समुहको खेल हुने मिति र समय सार्वजनिक गरिसकेको धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता मुल आयोजक समितीका अध्यक्ष प्रदिप कोईरालाले बताए । प्रतियोगीतामा प्रथम हुनेलाई ५० हजार र दास्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई १५ हजार नगद सहित सिल्ड, मेडल र प्रमाण पत्रको व्यवस्था रहेको छ ।

२०७६ असोज १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: