
१३ असोज , सिंगापुर –
सिंगापुरमा नेपालसहित जिम्बाब्वे र सिंगापुरबीचको त्रिकोणात्मक टी–२० सिरिज चलिरहेको छ। आइतबारको खेलमा डिभिजन ३ मा रहेको सिंगापुले टेस्ट मान्यता प्राप्त जिम्बाब्वेलाई पराजित गरेको छ । ब्याटिङ, बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरी सिंगापुरले ४ रनको रेमाञ्चक जित निकाल्यो।
वर्षाले खेल सुरु हुन केही ढिला भएपछि १८ ओभरमा छोट्याइएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले आक्रामक ब्याटिङ गर्दै १८ ओभरमा ९ विकेट गुमाएर १८१ रन बनायो । सिंगापुरका लागि टीम डेविड र मनप्रिट सिंहले ४१–४१ रन बनाए । रोहन रङगर्जनले ३९, सुरेन्द्र चन्द्रमोहनले २३ रन बनाए । अन्तिम ओभरमा जिम्बाब्वेले लगातार विकेट नलिएको भए अझैं ठूलो स्कोर बन्ने देखिन्थ्यो ।
१८२ रनको स्कोर पछ्याएको जिम्बाब्बवेले सुरुदेखि नै सिंगापुरमाथि दबाब बनाउँदै ब्याटिङ गरिरहेको थियो । १५औं ओभरको खेल सकिँदासम्म जिम्बाब्वे पूर्णरुपमा हाबी थियो । ३ विकेट गुमाएर १५९ रन बनाएको थियो । जितका लागि १८ बलमा २३ चाहिएको थियो । ७ विकेट हातमा थियो । १६औं ओभरमा अर्को एक विकेट गुमाएर ६ रन बनाउँदा १२ बलमा १७ रन चाहिएको थियो जितका लागि । जम्मा ४ विकेट गुमेको थियो।
पारसको ऐतिहासिक शतक
अन्तर्राष्ट्रिय टी(२० मा शतक एक क्रिकेटरको दुर्लभ सपना
त्यसपछि १७औं ओभरमा सिंगापुरका जनक प्रकाशले अर्को २ विकेट लिएर जम्मा ७ रन मात्रै दिए । जितका लागि अन्तिम ओभरमा १० रन चाहिएको थियो । अन्तिम ओभरमा पनि जिम्बाब्वेको थप एक विकेट गुम्यो र जम्मा ५ रन भन्दा जोड्न सकेन र ४ रनको हार व्यहोर्यो ।
सिंगापुरले जिम्बाब्वेलाई हराएपछि सिरिजमा तीनै टोलीले एक–एक जित दर्ज गराएको छन् । नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।
शनिबार नेपालले सिंगापुरमाथि ९ विकेटको फराकिलो जित निकाल्दा सिंगापुर कमजोर टोली भएकाले पारस खड्काले शतक बनाउन र नेपालले सहजै जित्न सकेको भन्ने खालका प्रतिक्रिया पनि आएका थिए । यस सिरिजका खेल हेर्दा टेस्ट राष्ट्र जिम्बाब्वे र एकदिवसीय मान्यता प्राप्त नेपालभन्दा सिंगापुर कुनै कोणबाट पनि कमजोर देखिँदैन। बरु बलिङ ब्याटिङ दुवैमा सिंगापुर आत्मविश्वासका साथ खुलेर खेलेको देखिन्छ ।
२०७६ असोज १३ गते प्रकाशित