Fri. Nov 29th, 2024

काङग्रेस धादिङद्धारा सरकार विरुद्ध प्रदर्शन

७ असोज, धादिङ-

नेपाली काङग्रेस जिल्ला समिति धादिङले दोस्रो चरणको जागरण सभा समापन संगसगै धादिङवेशीमा सरकार विरुद्ध जनप्रदर्शन गरेको छ ।

देशभरका प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा गत भाद्र २४ गते बृक्षारोपण कार्यक्रम गरेर सुरु भएको दोस्रो चरणको जागरण अभियान धादिङ सहित ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरेर समापन गरेको हो ।

सदरमुकाम धादिङवेशीको पुछारबजारबाट विरोध ¥याली सुरु गरि बजार परिक्रमा गर्दै विचबजारमा पुगेर कोणसभाको आयोजना गरेको थियो । कोणसभालाइ दोस्रो चरणको जागरण अभियानको लागि केन्द्रले खटाएका प्रतिनिधिहरु विजुल विश्वकर्मा, विमल ठकुरी, रमेश महत, बालचन्द पौडेल लगायत महिला संघ धादिङका अध्यक्ष अम्विका अधिकारी पुर्व कानुन राज्यमन्त्री दिलमान पाख्रिन, पुर्व जिल्ला सभापति रामनाथ अधिकारी जिल्ला सभापति रमेश धमला लगायतले सम्वोधन गरेका थिए ।

विरोध सभालाइ सम्वोधन गर्दै नेताहरुले सरकारले संविधानको भावना विपरीत ल्याएको कुनै पनि विधेयक काङग्रेसलाइ मान्य नहुने बताएका थिए । त्यस्तै नेताहरुले अहिलेको सरकारले जनता माझ बोलेका कुराहरु पुरा गर्न नसकेको बताउदै सरकार नै सस्थागत भ्रष्टाचारमा अघि बढिरहेको भन्दै त्यसको विरोधको लागि सबै एकजुट भएर लाग्न आग्रह गरेका थिए ।

जागरण कार्यक्रमलाइ समापन गर्दै जिल्ला सभापति रमेश धमलाले जनताविराधी सरकारका खराव गतिविधिहरु जागरण कार्यक्रम मार्फत जनतामाझ पु¥याउन सकिएको बताए । जागरण अभियानकै क्रममा दलित संघ धादिङको अगुवाइमा नेपाली काङग्रेस धादिङले सुनौलाबजारको भोर्ल स्थित दलित समुदायमा सहभोज कार्यक्रम समेत गरेका थिए ।

About The Author

अन्य समाचारहरु: