
७ असोज , काठमाडौ –
काठमाडौँ — एकेडेमी क्रिकेट लिगमा सोमबार ओससी क्रिकेट एकेडेमीले एन्जल स्पोटर्स क्रिकेट एकेडेमीलाई ६ विकेट र पोखरा क्रिकेट एकेडेमी ९पीसीए ले रामारोशन क्रिकेट एकेडेमीलाई ९ विकेटले हराएका छन् ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एन्जलले १४ ओभरमा ६ विकेट गुमाई ६२ रन बनायो । विवेक रानामगरले ३२ बलमा २ छक्का र २ चौकासहित ३५ रन बनाए । अन्यले दोहोरो स्कोरमा रन बनाउन सकेनन् । ओससीका दीपेश कँडेल र स्वरुप श्रेष्ठले २–२, सचिन शर्मा र विशाल पटेलले १–१ विकेट लिए ।
ओससीले १२।५ ओभरमा लक्ष्य पूरा गर्यो । आशिष झाले २५ र दीपेशले २१ रन बनाए । एन्जलका अंकित न्यौपानेले २ र सुनील शाहीले १ विकेट लिए । म्यान अफ द म्याच ओससीका दीपेश कँडेलले १ हजार रुपैयाँ पाए ।
दोस्रो खेलमा टस हारेको रामारोशन १२।३ ओभरमा ४० रनमै अलआउट भयो । सुवास ऐरले १२ रन र विवेक बिसीले १० रन बनाउनुबाहेक अन्य सस्तैमा आउट भए । पोखराका सुवास भण्डारीले ७ रन दिँदै ४, विपिन खत्री र सुशील गिरीले ३–३ विकेट लिए । रमेश बस्नेतले २३, अर्जुन कुमालले ७ र विपिन खत्रीले ५ रन बनाउँदै पोखरालाई सजिलो विजय दिलाए । म्यान अफ द म्याच सुवास भण्डारी घोषित भए ।
२०७६ असोज ७ गते प्रकाशित