
३ असोज, धादिङ –
युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एस्तानामाथि एक शून्यको कठिन जित निकालेको छ ।
घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको खेलमा मासोन ग्रिनवडको एकमात्र गोल युनाइटेडलाई घरेलु मैदानमा बराबरी हुनबाट जोगाउन सफल भयो ।
युनाइटेडका लागि पहिलो गोल गरेका युवा खेलाडी मासोन सन् २००० मा जन्मिएका हुन् । युनाइेटडका लागि कम उमेरमा गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।
७५ प्रतिशत बल पोसेसन बनाएको युनाइटेडले पुरै खेलमा २० वटा सट प्रहार गरेको थियो । जसमा सात वटा पोष्टमा रहेका थिए । तर गोल भने एकमात्र हुन सक्यो ।
७३ औैं मिनेटमा मासोनले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । तर त्यसपछि बाँकी समयमा दुवै टिमबाट थप गोल हुन सकेन र युनाइेटडले घरेलु मैदानमा झिनो अन्तरको जित निकाल्यो ।
२०७६ असोज ३ गते प्रकाशित