Thu. Nov 28th, 2024

धादिङमा डेंगु र स्क्रबटाइफसबाट ५७ जना संक्रमित


२७ भदौ, धादिङ –

धादिङ जिल्लामा डेंगु र स्क्रबटाइफसबाट ५७ जना संक्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत विष्णु रिजालका अनुसार डेंगु रोगबाट २१ जना र स्क्रबटाइफसबाट ३६ जना संक्रमित बनेका छन् । जिल्ला अस्पताल धादिङमा उपचारका लागि पुगेका बिरामीहरु मध्येमा डेंगु र स्क्रबटाइफसको संक्रमण भेटिएको रिजालले बताए ।

जिल्लामा ९ जना महिला र १२ जना पुरुष गरी २१ जनामा डेंगु र १५ जना पुरूष र २१ जना महिला गरि ३६ जनामा स्क्रबटाइफस देखिएको छ । विशेषगरी दिउँसो टोक्ने एडिस लामखुट्टेले फुल पार्ने ठाउँहरु भाँडाकुँडामा जम्मा भइराखेको पानी, टायर, बोत्तल र बिर्कोहरु लगायतको खोजी गछन् । यसका लागि फुलहरु नष्ट गर्नुपर्ने, शरीर ढाक्ने लुगाहरु लगाउने, सुत्दा झुलको प्रयोग गर्नुपर्ने, शरीरको खुल्ला भागहरुमा मलम प्रयोग गर्नुपर्ने लगायतका उपाय अपनाउनु पर्ने स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

पछिल्लो समय देशका विभिन्न स्थानमा डेंगु समस्याका रुपमा आएको छ । विगतमा तराइ र पहडि भेगमा मात्र देखिएको यो रोग अहिले हिमाली जिल्लामा समेत समस्याका रुपमा आएको छ । तर डेंगु रोग परिक्षण गर्ने किट नभएकै कारण यसबाट कति प्रभावित भए भन्ने एकिन तथ्याङक छैन ।

बर्षात सकिए सँगै पछिल्लो समय डेंगुको संक्रमण देशभर बढेको छ । अस्पतालका शैया बिरामीले भरिएको छ तर आएका बिरामी कतिमा डेंगु छ या छैन यो परिक्षण गर्ने किट जिल्ला अस्पतालमा छैन । रगतमा सिविसि को मात्रालाइ हेरेर अनुमानको आधारमा जिल्ला अस्पतालमा आएका बिरामीको उपचार भइरहेको छ । स्क्रब टाइफस मुसामा रहेको किर्ना जातको भारइसको टोकाइबाट मानिस सर्ने गर्छ ।

२०७६ भदौ २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: