Tue. Mar 18th, 2025

ब्रिटिस प्रधानमन्त्रीले लिए संसद निलम्बित गर्ने निर्णय


१२ भदौ, एजेन्सी –


ब्रिटेनकी महारानीले संसद निलम्बित गर्ने बोरिस जोनसन सरकारको सिफारिसलाई स्वीकृति दिएकी छन् । अब ब्रिटिस संसद सेप्टेम्बर र अक्टोबरका पाँच हप्ता निलम्बित हुनेछ ।

आलोचकले संसद भङ्ग गरेर जोनशनले संसदमा बहस रोक्न खोजेको बताएका छन् । तिनले जोनशनको कदमलाई ‘संसदविरुद्धको कु’ बताइरहेका छन ।

जोनसनले भने पाँच हप्ता संसद भंग गर्दा पनि ब्रेक्जिटबारे वहसको लागि समय हुने बताएका छन् ।

सत्तारुढ कन्जरभेटिभ पार्टीकै सांसद डोमिनिक ग्रिवले सरकारकाले यस कदमलाई ‘आपत्तिजनक’ बताए । उनले यसबाट बोरिस जोनसनको सरकार ढल्न सक्ने बताए ।

क्याविनेट मन्त्री माइकल गोभले संसद भंङ्गबारे बोल्दै यसले सम्झौता नगरी ब्रेक्जिट सम्पन्न गर्ने वर्तमान सरकारको प्रयासमा विपक्षीको विरोध पन्छाउने राजनीतिक कदम नभएको बताए ।

गोभले ब्रेक्जिट सम्पन्न गर्नको लागि अक्टोबर ३१ समय निर्धारण गरिएकाले अझै पनि बेक्जिटबारे वहस गर्नको लागि ‘प्रशस्त समय’ हुने बताए ।

बुधबार जोनसनले संसद भङ्ग भएपछि अक्टोबर १४ मा महारानीको भाषण हुने र त्यसमा उनको ‘अत्यन्त रोमाञ्चक एजेण्डा’हरु रेखाङ्कन हुने बताए ।

बोरिस जोनसनले भने ,‘हामीलाई नयाँ कानुनको आवश्यकता छ । हामी नयाँ र महत्वपूर्ण विधयक लिएर आइरहेका छौं । यसैले हामीले महारानीको भाषण राखेका हौं ।’

संसद बन्द गर्ने जोनसनको निर्णयले ब्रिटेनका सबै तप्कामा आक्रोस उत्पन्न भएको देखिएको छ । निर्णयपछि देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ ।

त्यस्तै केही व्यक्तिले निर्णय विरुद्ध अदालत जाने चेतावनी दिएका छन् र अनलाइन दशौं लाख हस्ताक्षर अभियान चलाइएका छन् ।

बुधबार साँझ प्रदर्शनकारीले ब्रिटिस संसद वेस्ट मिनिस्टर बाहिर भेला भएर ‘कु रोक’ नारा लगाएका थिए । प्रदर्शनमा सहभागी कयौंले ब्रेक्जिटविरोधी प्लेकार्ड र युरोपेली संघको झण्डा बोकेका थिए ।
त्यस्तै सरकारको बेवसाइटमा संसदलाई भङ्ग नगर्न परेको विद्युतीय आवेदनमा एक दिनमै दश लाखले हस्ताक्षर गरेका छन् ।

आलोचकले ब्रेक्जिट मामिलामा सांसदलाई तिनको लोकतान्त्रिक जिम्मेबारी अभ्यास गर्नबाट रोक्नको लागि यसो गरिएको बताएका छन् ।

पूर्व प्रधानमन्त्री जोन मेयर लगायत कयैन ठूला नेताले सरकारको कदमविरुद्ध अदालत जाने धम्की दिएका छन् ।

एसएनपीको न्यायिक प्रवक्ता जोआना चेरीले यो मुद्दालाई चुनौती दिनको लागि स्कटिश अदालतमा आफ्नो काम सुरु गरिसकेका छन् ।

२०७६ भदौ १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: