२ भदौ, धादिङ –
नेपाल कम्प्यूनिष्ट पाटी (नेकपा) धादिङका इन्चार्ज शालिकग्राम जमरकट्टेलले आगामी भदौँ १५ गतेभित्रमा जिल्लाको सचिवालय निर्माण हुने बताएका छन् ।
धादिङबेसीस्थित आफ्नै निवासमा पाविलन्यूज डटकम सँग कुरा गर्दै प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेका जमरकट्टेलले गाउँपालिकाको इन्चार्ज र सहइन्चार्ज, अध्यक्ष तथा सचिवको टुङगो लाग्ने बताए । पार्टीलाई एक ढिक्का बनाउन कसरतमा जुटेका छौँ, उनले भने, एकता प्रक्रियालाई तीब्रता दिन पनि छलफल चलिरहेको छ ।
उनले पार्टीको एकता प्रक्रियालाई तीब्रता दिने बताएका छन् । तीब्रता दिने क्रममा पार्टीको जिल्ला कमिटि गठन भएपनि हालसम्म सचिवालय गठन हुन नसकेको पार्टीको सचिवालय गठन गर्ने, कार्यलयलाई व्यवस्थित गर्ने, जनवर्गिय संगठन गठन चाडैँ नै हुने बताए ।
२०७६ भदौँ २ गते प्रकाशित