Tue. Mar 18th, 2025

म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या ५२ पुग्यो


२७ साउन, म्यानमार –

म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ५२ पुगेको छ। बाढी पहिरोमा परेकाको खोजी तथा उद्धार गर्ने क्रममा आइतबारसम्ममा ४२ जनाको मृत्यु भएको पुष्टि भएको हो।

म्यानमारसहितका दक्षिण एसियाली मुलुकमा बाढी पहिरोका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुनुका साथै हजारौं विस्थापित हुने गरेका छन्। यस वर्ष पनि गत शुक्रबारको प्राकृतिक प्रकोपले म्यानमारमा अनपेक्षित क्षति गरेको छ। बाढी पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्य अहिले पनि जारी रहेको स्थानीय प्रहरीले जनाएको छ।

‘अहिलेसम्म मृत्यु हुनेको संख्या ४२ पुगेको छ। बाढी पहिरोमा परेकाको खोजी कार्य अझै पनि जारी छ,’ पाउङ नगरका प्रशासक जाव मोए औङले फ्रान्सेली समाचार एजेन्सी एएफपीसँग बताए। अत्याधिक वर्षासँगैको बाढी पहिरोले म्यानमारका मोन, करेन र काचिन राज्यका धेरै पुल तथा सडकमा पनि क्षति पुगेको बताइएको छ।

सेना र प्रहरीसमेतका सुरक्षाकर्मी प्रकोप प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यमा खटिइरहेका छन्। प्रभावित क्षेत्रका विस्थापित जनतालाई खाद्य सामग्री पु¥याउन हेलिकप्टरको समेत प्रयोग गरिएको छ।

ती क्षेत्रमा बाढी पहिरोले झण्डै चार हजार घर प्रभावित भएका छन् भने झण्डै २५ हजार विस्थापित भएका छन्। विस्थापितलाई विभिन्न ठाउँमा अस्थायी शिविर बनाएर राखिएको छ। लगातारको वर्षाका कारण स्थानीय समयअनुसार शुक्रबार बिहान सात बजेतिर सो क्षेत्रमा ठूलो बाढी र पहिरो गएको थियो।


२०७६ साउन २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: