१९ साउन, धादिङ –
धादिङबेसीमा कार्यलय रहेको सहारा महिला साकोसले स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल धादिङमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।
२० वर्ष पूरा भई २१ वर्ष प्रवेश गरेको अवसरमा अस्पतालमा भर्ना भएका २७ जना बिरामीलाई फलफूल वितरण गरिएको साकोसले जानकारी दिएको छ ।
संस्थामा हाल ३ हजार ५ सय ११ जना शेयर सदस्यहरु छन् । हाल संस्थाले रु। १८ करोड ८३ लाख २५ हजार ७ सय ७ रुपैंयाको कारोवार गरेको व्यवस्थापक गोकर्ण दुवाडीले जानकारी दिए ।
महिलाहरुको क्षमता विकासका लागि सिन्के धुप बनाउने, साबुन बनाउने, बाँसबाट विभिन्न सामानहरु बनाउने, व्यूटिसियन लगायतका तालिमहरु संचालन गर्दै आइरहेको छ ।
२०७६ साउन १९ गते प्रकाशित