Mon. Mar 10th, 2025

कतारसँग हारको कारणः कमजोर ब्याटिङ

७ साउन, काठमाडौं –

टी–२० विश्कपको ग्लोबल छनोट पुग्ने लक्ष्यका साथ सिंगापुर पुगेको नेपालले पहिलो खेलमा कतारसँग ४ विकेटको अप्रत्यासित हार व्यहोर्‍यो ।

पहिले ब्याटिङ गरेको नेपालले १२२ रन बनायो, जसलाई कतारले चार बल बाँकी छँदा ६ विकेट गुमाएर भेट्टायो ।

खेलपछि कप्तान पारसलले हारको कारण राम्रो व्याटिङ गर्न नसक्नु भएको बताएका छन् । उनले भनेका छन्, ‘हुन त पिच राम्रो थिएन तर थप २० रन बनाउन सकेको भए नजिता अर्कै आउन सक्थ्यो ।’

नेपालको सुरुवात भने राम्रो थियो । पारस खड्का र ज्ञानेन्द्र मल्लले ४९ रनको साझेदारी गरेका थिए तर, पावर प्लेको अन्तिम बलमा पारस आउट भए ।

त्यसपछि नेपालले त्यो गतिलाई कायम राख्न सकेन । लगातार विकेट गुमाइरह्यो ।

२०७६ साउन ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: