
९ असार, काठमाडौं –
अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आज विहान समूह बि को खेलमा अर्जेन्टिनाले कतारलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । अर्जेन्टिनालाई क्वाटरफाइनलसम्म पुर्याउन लौटारो मार्टिनेज र सर्जियो अगुएरोले गोल गरे ।
अर्जेन्टिनाले खेलको चौथौं मिनेटमा नै गोल गर्दै अग्रता बनायो । अर्जेन्टिनाका लागि मार्टिनेजले गोल गरेका थिए । त्यस्तै, उनकै गोलको मद्दतमा अर्जेन्टिनाले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । खेलको ८२औं मिनेटमा सर्जियोले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको जित दिलाएको हो ।
आज बिहान नै भएको अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई १–० गोलअन्तरले पराजित गर्दै समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । कोलम्बियाले सबै खेलमा शतप्रतिशत जित हात पारेको हो ।
२०७६ असार ९ गते प्रकाशित