१ असार, हेटौडा –
प्रदेश ३ सरकारले नयाँ आर्थिक वर्ष २०७६/७७ को लागि ४७ अर्ब ६० करोड ८८ लाख ८६ हजार रुपैयाँ बजेट ल्याएको छ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ कुल बजेटको ५१ दशमलव ३९ प्रतिशत अर्थात २४ अर्ब ४६ करोड ८९ लाख ९० हजार रुपैयाँ बिनियोजन गरेका छन्।
पूँजिगततर्फ कुल बजेटको २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात ४७ दशमलव ९८ प्रतिशत बजेट छुट्याइएको छ। आर्थिक मामिलामन्त्री ढुङ्गेलले वित्तीयतर्फ कुल बजेटको ३ दशमलव ६३ प्रतिशत अर्थात ३० करोड रुपैयाँ बिनियोजन गरेका छन्।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कर राजश्व १५ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ उठ्ने अनुमान गरेको छ। अन्तर सरकारी अनुदानबाट १८ अर्ब ६ करोड १३ लाख, अन्य राजश्व सात अर्ब ३० करोड, राजश्व बचततर्फ ६ अर्ब ७५ करोड १६ लाख ८६ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
प्रदेश नं ३ को बजेट वक्तव्यको पूर्ण पाठ हेर्न तल क्लिक गर्नुहोला
प्रदेश नं ३ को बजेट बक्तव्य
२०७६ असार १ गते प्रकाशित