१५ जेठ, धादिङ –
धादिङको गजुरी गाउँपालिका वडा नं ७ को पेटारेमा स्वास्थ्य इकाईकोे उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले एक कार्यक्रमबीच बुधबार उद्घाटन गरेका हुन् ।
उद्घाउन गर्दै अध्यक्ष बस्नेतले नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने प्रतिबद्धता पूरा भएको बताए । यस सँगै गाउँपालिकाको सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुगेको छ ।
एक वडा एक स्वास्थ्य संस्थाको अवधारणा सहित स्वास्थ्य सेवालाई आम नागरिकको माझमा सरल र सुलभ बनाउने उद्देश्यका साथ गाउँपालिकाले स्वास्य इकाईको निर्माण गरि सेवा प्रदान गरेको छ ।
गजुरी गाउँपालिकाको ८ वटै वडामा स्वास्थ्य इकाईको संचालन गरिएको छ । साविकका गा.वि.स. स्तरिय स्वास्थ्य चौकीलाई समेत एक वडा एक स्वास्थ्य संस्थाको रुपमा राखी बाँकि सबै ५ वटा वडामा यस आर्थिक वर्षमा गजुरी गाउँपालिकाले आफ्नै श्रोत र साधनमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरेको हो ।
२०७६ जेठ १५ गते प्रकाशित