

१४ जेठ, मेक्सिको –
लागू औषध कोकिनका २४६ वटा प्याकेट सेवन गरेर विमानको यात्रा गरिरहेका एक जना जापानी नागरिकको ज्यान गएको छ ।
सिटीबाट जापानको नारिता विमानस्थलका लागि उडेको विमानमा नै ती नागरिकको ज्यान गएको हो । उनको अचानक ज्यान गएपछि विमानलाई मेक्सिकोको सानोरा राज्यमा आकस्मिक अवतरण गराइएको थियो ।
उदो एन नामका ती व्यक्तिलाई लागूऔषध ओभरडोज भएको थियो । परीक्षणका क्रममा उनको पेट र आन्द्रामा २ दशमलव ५ सेन्टीमिटर लामो र १ सेमी चौडाइका कोकिनका पोका भेटिएको पोष्ट मार्टम रिपोर्टमा जनाइएको बीबीसीले उल्लेख गरेको छ ।
कोलम्बियाको राजधानी बोगोटाबाट यात्रा सुरू गरेका उनले मेक्सिको सिटीबाट उडान परिवर्तन गरेका थिए। एयरमोसिलियो नगरमा विमानलाई आपत्कालीन अवतरण गराइएको थियो । विमानमा सवार अन्य १९८ जना यात्रुलाई नियमित उडानमा नै गन्तव्यमा पुर्याइएको थियो । एजेन्सी
२०७६ जेठ १४ गते प्रकाशित