Tue. Mar 18th, 2025

भारतमा लोकसभा चुनावको मतगणना आज हुँदै


९ जेठ, भारत –


भारतीय लोकसभा चुनावको मतगणना बिहीबार हुँदैछ । कुल ५४३ लोकसभा सिट मध्ये ५४२ लोकसभा सिटका लागि १ अप्रिलदेखि १९ मेसम्म ७ चरणमा चुनाव भएको थियो ।

गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यही मे १९ मा अन्तिम चरणमा मतदान सम्पन्न भएको हो । ५४२ सिटका लागि ८ हजार ४० जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।

बिहीबार ८ हजार ४० उम्मेदवारको भाग्य फैसला हुँदैछ । अन्तिम चरणको मतदान सकिएपछिको एक्जिट पोल भनिने प्रारम्भिक चुनावी नतिजा अनुमानमा सत्तारुढ भारतीय जनता पार्टीलाई नै बहुमत आउने देखिएको छ । तर यसमा कुनै पनि सत्यता नभएको विपक्षी पार्टी कांग्रेसले बताउँदै आइरहेको छ ।

कुल ५४३ सिट रहेको लोकसभामा बहुमत जित्न कुनै एक पार्टी वा गठबन्धनले कम्तीमा २७२ सिट जित्नुपर्नेछ ।

सन् २०१४ मा भाजपाले २८२ सिट जितेको थियो । यो वर्ष भारतको चुनावमा ९० करोड योग्य मतदाता थिए । मतगणना स्थानीय समय अनुसार बिहीबार बिहान ८ बजेदेखि हुनेछ ।

२०७६ जेठ ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: