Thu. Nov 28th, 2024

धादिङ लगायत प्रदेश ३ का ५ जिल्लामा ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ सुरु

२७ बैशाख, धादिङ-

प्रदेश नं ३ ले पहिलो पटक ‘मुख्य मन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ धादिङ जिल्लाबाट सुरु गरेको छ । प्रदेश नंम्वर ३ का ५ जिल्लामा लागु हुने कार्यक्रम अन्तरगत पहिलो जिल्लाको रुपमा धादिङमा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले कार्यक्रमको सुरुवात गरेका हुन् ।

निरोगी देखिएका मान्छेहरुको स्वास्थ्य परीक्षण गर्ने गरि सुरुवात गरिएको यो कार्यक्रमको मुख्य उद्येश्य नसर्ने रोग र त्यसको जोखिमहरुबारे समयमै पहिचान गरि उचित उपचार र परामर्श दिनु रहेको बताइएको छ ।

प्रदेश नंम्वर ३ को सामाजिक विकास मन्त्रालय अन्तरग जिल्ला अस्पतालहरुबाट प्रदान गरिने यो सेवाबाट विशेष गरि विपन्न, समाजबाट पछाडी परिएका सिमान्तकृत, आर्थिक अवस्था कमजोर भएका मानिसहरु र द्धन्दपिडितहरुको को निःशुल्क स्वास्थ्य परिक्षण गरिने मन्त्री जम्कटेलले बताए ।

अहिले ३ नम्वर प्रदेशका ५ जिल्लाहरु धादिङ, मकवानपुर, भक्तपुर, सिन्धपाल्चोक र सिन्धुलीका जिल्ला अस्पताल रहेका स्थानीय तहहरुमा परीक्षणको रुपमा यो कार्यक्रम लागु गरिएको भएपनि आगामी आर्थिक वर्षदेखी सवै जिल्लाका स्थानीय तह हरुका नागरिकले सेवा पाउने गरि कार्यक्रम विस्तार गरिने बताइएको छ ।

धादिङमा पहिलो चरणमा (आगामी असार मसान्तसम्म) नीलकण्ठ नगरपालिका भित्र रहेका २२ सय नागरिकको सम्पुर्ण शरिरको निशुल्क स्वास्थ्य परिक्षण गरिनेछ । सरकारी स्वास्थ्य सस्थाहरुमा परीक्षण गर्दा करिव २५ सय रुपैया खर्च लाग्ने भएपनि वडा अध्यक्षहरुको सिफारिसका आधारमा दलित विपन्न, आर्थिक अवस्था कमजोर भएकाहरुको उपचार गरिने जिल्ला अस्पताल धादिङका सुचना अधिकारी कृष्णलाल उप्रेतीले जानकारी दिए ।

२०७६ बैशाख २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: