१६ बैशाख, धादिङ –
धादिङको धुनिबेसी नगरपालिकाले नगरसभाबाट ५ करोड बराबरको योजना स्विकृत गरेको छ । नगर प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा भएको सभाले सडक, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका लगायतका क्षेत्रमा योजनाहरु स्विकृत गरिएको छ ।
विधायन समितिका प्रमुखहरुबाट संक्षिप्त विवरण सहित पेश भएका धुनिवेशी नगर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५, धुनिवेशी नगरको स्थानीय विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७५, धुनीवेसी नगरपालिका भित्रका विद्यालयहरुको नियमन, सञ्चालन र व्यवस्थापन गर्न बनेको नियमावली ⁄ कार्यविधि २०७५, धुनिवेशी नगरपालिकाको सार्वजनिक खरिद नियमावली, २०७५ सहित करिब ४ ओटा कानूनहरु र करिब ११ ओटा विभिन्न शिर्षकहरुको प्रस्ताव छलफल गरी स्विकृत गरिएको नगरपालिकाले जनाएको छ ।
यस्तै चालु आ.व. २०७५/०७६ मा कार्यान्वयन हुने गरी नगरसभामा पेश भएका सडक तर्फ करिब ३२ ओटा, खानेपानी योजना तर्फ करिब १६ ओटा मठ, मन्दिर, तर्फ करिब २० ओटा र भवन मर्मत तथा अन्य विविध योजनाहरु तर्फ करिव १४ ओटा गरी कुल जम्मा करिब ८५ ओटा योजना तथा कार्यक्रमहरुको लागि करिब रु। ४ करोड ९६ लाख बराबरका योजनाहरु स्विकृत गरिएको नगरपालिकाले जनाएको छ ।
२०७६ बैशाख १६ गते प्रकाशित