Mon. Mar 10th, 2025

चेन्नई आईपीएलको शीर्ष स्थानमा

२७ चैत, धादिङ –

चेन्नई सुपर किंग्स इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबारराति भएको खेलमा कोलकता नाइटराईडर्सविरुद्ध ७ विकेटको जित निकाल्दै चेन्नई १० अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । कोलकताले दिएको १०९ रनको लक्ष्य चेन्नाईले १७।२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । चेनईको जितमा फाप डु प्लेसिस र अम्बाती रायडुले उत्कृष्ट साझेदारी गरे ।

प्लेसिस ४३ रन नट आउट रहँदा रायडुले २१ रनको योगदान गरे । यसैगरी शेन वाट्सन १७ तथा सरेश रैना १४ रनमा आउट भए । सुनिल नराइनले २ तथा पिउस चावलाले एक विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १०८ रन मात्र बनाउन सक्यो ।

खराब सुरुवात गरेको कोलकताका लागि पिउस चाउला र आन्ड्रे रसेलका बीचमा सर्वाधिक २९ रनको साझेदारी भएको थियो । त्यसअघि दिनेश कार्तिक र सुभमन गिलले २० रनको साझेदारी गरेका थिए ।

कोलकताका लागि रसेलले ५० रन बनाउँदा दिनेश कार्तिकले १९ र रविन उथप्पाले ११ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोलकतालाई सानो स्कोरमा रोक्न चेन्नईका दीपक चहरले तीन विकेट लिँदा हरभजन सिंह र इमरान ताहिरले दुई–दुई विकेट लिए ।

२०७५ चैत २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: