Tue. Nov 26th, 2024

जे सिके त्यहि गरे

IMG_0265
धादिङ – धादिङ नीलकण्ठ नगरपालिका ४ का १३ वर्षिय संगीता श्रेष्ठ भूकम्प आउदाँ बाख्रा गोठालो जान भनेर कपाल कोरी रहेकी थिइन् । दिउँसो १२ बज्नै लाग्दा एक्कासी पीङ खेलेको जस्तै भयो । भूकम्प आयो जस्तो लागेर छेउमै रहेको खाँटमूनि छिरिन् ।

भूकम्प आउदाँ खाटमूनि, टेबलमुनि अथवा कुनै पनि खुल्ला ठाँउमा जानुपर्छ भनेर स्कुलमा शिक्षक शिक्षकाहरुले पढाउनु भएको थियो । त्यहि कुरा सिकेर उ खाँटमुनि लुकिन् । ५५ सेकेण्ड आएको भूकम्पले उसको घर ढल्यो । खाँट पुरियो । निसासिएर बाहिर आउन खोजिन् तर सकेन । भूकम्प रोकिसकेपछि ढुङगा, माटोहरु पल्टाउदै बाहिर आउन खोजिन् तर सकेन । गुहार मागिन त्यो पनि सकैले सुनेन । कम्पन आउन छोडेपछि बल्ल सानो प्वाल बनाएर बाहिर निस्किन सफल भईन् । ढाँडमा चोट लाग्यो । भगवानले बचायो मलाई उनी यस्तै भन्छिन् ।

त्यस्तै गोगनपानीका ११ वर्षिय सुन्दर थापा टिभी हेर्दै गर्दा केही हल्लिएको अनुभव गरे । पछि मान्छे उडाउने जस्तो गरी भूकम्प आउदा आत्तिए । सँगै टिभी हरेका साथीहरु डराउदै, कराउदै बाहिर निस्किए तर ढोकाको चौकोसमा बसे । त्यस्तै सल्यानटारमा रहेको सल्यानटार उमाविको कक्षा ९ मा पढ्ने लीला नेपाली पनि आफूले पढेका भूकम्पका पाठहरुलाई सदुपयोग गर्न नसक्दा झण्डै मृत्युको मुखमा पुग्नु परेको थियो । तुरुन्त घर छाडेर खुल्ला ठाँउमा आउन सफल भएकी छिन् । यी त प्रतिनिधी पात्रहरु मात्र हुन् । भूकम्प आउदा सानासाना बालबालिकाहरु डराउने, कराउने गर्दछन् । बढी आत्तिएर मानसिक समस्याहरु पनि देखिएको छ ।

विद्यालयमा शिक्षकहरुले भूकम्प आउदा के गर्ने कहाँ जाने भन्ने कुराहरु सिकाएका हुन्छन् । तर माटोले बनाएका घरहरु बढी मात्रामा भूकम्पबाट जोगिन कठिन हुन्छ । यस्तो अवस्थामा भूकम्प आएको समयमा खाँटमूनि, टेबलमूनि भन्दा पनि खुल्ला ठाँउमा गएमा सुरक्षित भइन्छ ।

About The Author

अन्य समाचारहरु: