

२० चैत, धादिङ –
स्पेनिस लिगमा बार्सिलोना पराजित हुनबाट जोगिएको छ । प्रमुख खेलाडीहरुबिनानै मैदानमा उत्रिएको बार्सिलोनाको सुरुवाती खेल राम्रो रहेको थियो । तर, एकाएक बार्सिलोनाले आफ्नो लय गुमाएको थियो । भिल्लारियललाई बार्सिलोनाले चारचार गोलको बराबरीमा रोक्न सफल भएको छ ।
खेलको १२ औँ मिनेटमा फिलिपिन्हो कोटिन्होले गोल गर्दै अग्रता दिलाएका थिए । चैत २० बार्सिलोनाका लागि खेलको १६ औँ मिनेटमा मालकमले गोल गरे । दुई गोलले पछि परेको भिल्लारियलले खेलमा सानदार कमव्याक गरेको थियो । कमव्याक गरेको भिल्लारियलले चार गोल फर्काएको थियो ।
खेलको २३ औँ मिनेटमा सामुअलले गोल गरे । खेलको ५० औँ मिनेटमा कार्ल टोकोले बराबरी गोल फर्काए । खेलको ६२ औँ मिनेटमा भिनसेन्ट इबोराले भिल्लारियललाई अग्रता दिलाए ।
खेलको ८० औँ मिनेटमा कार्लोस बाकाले भिल्लारियलका लागि चौथो गोल गरे । खेलको ८६ औँ मिनेटमा अल्भारोले रातो कार्ड खाँदा भिल्लारियल १० जना खेलाडीमा सिमित भएको थियो ।
तर, दुई गोलले पछि परेको बार्सिलोनाले सानदार कमव्याक गरेको थियो । उसका लागि अन्तिम समयमा लियोनल मेस्सी र लुइज स्वारेजले गोल गरेका थिए । बार्सिलोनाले ३० खेलमा ७० अंक जोडेको छ । त्यस्तै भिल्लारियलले ३० अंक जोडेको छ ।
२०७५ चैत २० गते प्रकाशित