Wed. Nov 27th, 2024

काठमाडौंमा सुरू भो लगानी सम्मेलन

१५ चैत, काठमाडौं

विदेशी लगानी भित्र्याउन सरकारले आयोजना गरेको लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् ।

काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहकाबीच लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सम्मेलनको उदघाटन गरेका हुन् ।

सम्मेलनका अर्थमन्त्री युवराज खतिवडाले स्वागत मन्तव्य राख्दै सहभागीहरुलाई स्वागत गरेका छन् । उदघाटन समारोहमा बोल्दै उनले सम्मेलन लगानी तथा आपसी अनुभव आदानप्रदानका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

अर्थमन्त्रीपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनका सहभागीहरुलाई सम्बोधन गरेका छन् । सम्मेलनमा बोल्दै उनले राजनीतिक संक्रमण अन्त्य गर्दै नेपाल समृद्धिको यात्रामा अघि बढेकाले हातेमालो गरेर अघि बढ्न लगानीकर्तालाई आग्रह गरे ।

राजनीतिक संक्रमणकाल सकिएकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीले लगानीकर्तालाई आग्रह गरेका छन् ।सम्मेलनको उद्घाटन शत्रमा अर्थमन्त्री डा. युवराज खतिवडाले मन्तव्य राखिसकेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । उद्घाटन शत्रमै म्यानमारका यूनियन मन्त्री उ ताउन टूनल सम्बोधन गर्ने आयोजकले जनाएका छन् ।

विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफर, एशियाली विकास बैंकका उपाध्यक्ष शिक्षिन चेन, मेनहार्ड ग्रपका कार्यकारी अध्यक्ष शाहाद नासिम र दी मुथहोट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथहोटले पनि उद्घाटन समारोहलाई सम्वोधन गर्नेछन् ।सम्मेलनको उद्घाटन शत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीसमेतले बोल्ने कार्यक्रम रहेको छ ।

२०७५ चैत १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: