

११ चैत, काठमाडौँ –
प्रभु बैंक लिमिटेडले आप्mनो दुई वटा शाखा सञ्जाल विस्तार गरेको छ । संखुवासभा जिल्लाको खाँदवारी नगरपालिका वडा नं. १ स्थित खाँदवारी शाखा र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ स्थित गाईघाट शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।
संखुवासभा जिल्लाको खाँदवारी नगरपालिका वडा नं. १ स्थित खाँदवारी शाखा कार्यालयको खाँदवारी न.पा.का मेयर मुरारी प्रसाद खतिवडाले एक समारोहका विच समुद्घाटन गरे । त्यस गरी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ स्थित गाईघाट शाखाको माननीय प्रदेश सभा सदस्य हिमाल कार्कीले समुद्घाटन गरे । सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैकिङ सेवा पु¥याउने उद्देश्यका साथ सञ्चालनमा ल्याएको बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए ।
खाँदवारी शाखा कार्यालय र गाईघाट शाखा कार्यालय समुद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अतिथिहरुले प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गर्दै कार्यक्रममा शुभकामना दिएका थिए ।
२०७५ चैत ११ गते प्रकाशित