Mon. Mar 10th, 2025

आईपीएल २०१९ प्रतियोगिता : पहिलो खेलमै धोनी भर्सेस कोहली


९ चैत, धादिङ–

 

इण्डियन प्रिमियर लिग आईपीएलको १२ औं संस्करण शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुनेछ ।

भारतीय क्रिकेट टोलीका सबैभन्दा सफल कप्तान महेन्द्र सिंह धोनी र वर्तमान कप्तान विराट कोहलीले नेतृत्व गरेको दुई टिमबीचको खेल चेन्नईको एमए चिदाम्बरम र‌ंगशालामा आज साँझ सवा ८ बजेदेखि सुरु हुनेछ ।

आईपीएल इतिहासमै सबैभन्दा सफल टिम चेन्नई साविक विजेता पनि हो । उसले अहिलेसम्म ३ पटक उपाधि जितेको छ भने ४ पटक उपविजेता बनेको छ । विराट कोहलीले नेतृत्व गरेको बेंगलोर भने आईपीएलको अभागी टोलीको रुपमा गनिन्छ । किनभने स्टार खेलाडीले भरिएर पनि उसले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

सीएसके र आरसीबी अहिलेसम्म आईपीएलमा २२ पटक आमने(सामने भएका छन् । जसमध्ये १४ खेलमा सीएसकेले जित हात पारेको छ भने ७ खेलमा आरसीबीले जित हात पारेको छ । एक खेल भने नतिजाविहीन भएको छ । चेन्नईका लागि सुरेश रैना, शेन वाट्सन तथा अम्बाती रायुडुले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ भने बेंग्लोरबाट कप्तान विराट कोहलीसहित एबी डि भिलियर्स, शिमरन हेटमेयर, शिवम दुबे तथा हेनरिक क्लासेनले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गर्न सकिन्छ ।

२०७५ चैत ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: