२३ फागुन, धादिङ –
१ सय ९ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धादिङबेसीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा ६९ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धादिङको प्राविधिक सहयोगमा सहयात्री समाज नेपालले कार्यक्रमको आयोजना गरेको हो ।
धादिङ जिल्लामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्रले समय समयमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
२०७५ फागुन २३ गते प्रकाशित