Wed. Nov 27th, 2024

धादिङमा बन्ने भयो चिनियाँ लगानीमा देशकै ठुलो सिमेन्ट उद्योग

१७ फागुन, धादिङ –

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं २ ताल्तीमा देशकै ठुलो सिमेन्ट उद्योग संचालन हुने भएको छ । चिनियाँ लगानीमा बन्ने सिमेन्ट उद्योगको सभामुख कृष्ण बहादुर महराले एक कार्यक्रमका बीच शुक्रवार शिलन्यास गरेका छन् ।

दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित सञ्चालन गर्न लागिएको सिमेन्ट उद्योग सन् २०२० को जनवरी सम्ममा निर्माण भैसक्ने कम्पनीले जानकारी दिएको छ । सरकार वैदेशिक लगानी भित्राउन पहल गरिरहेका बेला चिनियाँ कम्पनी ह्वासिनले सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन लागेको हो ।

नेपाल र चिनियाँ लगानीकर्ताहरुको ह्वासिन् सिमेण्ट नारायणी प्रालिले नेपालकै सबैभन्दा ठूलो लगानी र उत्पादन क्षमता भएको सिमेण्ट उद्योग संचालनमा ल्याउने तयारी गरेको हो । कम्पनीमा नेपाली लगानीकर्ताहरुको प्रतिनिधित्व बैद्य गुप्रको तर्फबाट सुरज बैद्यले र चिनीयाँ लगानीकर्ताहरुको प्रतिनिधित्व हुवासिन सेन्ट्रल एसिया इन्भेष्टमेण्ट (हुवान) कम्पनी लिमिटेडले गरिरहेको ह्वासिन् सिमेण्ट नारायणी प्रालिका प्रतिनिधि तुलसीजंग थापाले जानकारी दिए ।

सिमेण्ट उद्योगले आँफुलाई चाहिने कच्चा पदार्थ स्थानीय सामाग्रीको प्रयोग गरेर आंफै उत्पादन गर्ने वताईएको छ । सिमेन्ट उद्योग सञ्चालनमा आउँदासम्म प्रत्यक्ष रुपमा ३ सय जना र अप्रत्यक्ष रुपमा एक हजार जनाले रोजगारी पाउने पनि कम्पनीले जनाएको छ । पहिलो पटक नेपालमा टनेल खानी प्रविधिबाट सिमेन्ट उत्पादन र सबैभन्दा बढी वातावरणमैत्री हुने थापाको भनाई छ ।

नेपालमा चिनियाँ लगानीकर्ताको आकर्षण वढाउने उद्धेश्यले प्रधानमन्त्री केपीशर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल सरकार र चिनियाँ सरकारबीच भएको भएको द्धैपक्षिय सम्झौता अनुसार नेपालमा सिमेण्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी वीच सहमती भएको थियो । उक्त कम्पनी स्थापना गर्नका लागि १५ अर्ब बराबरको वैदेशिक लगानी नेपाल सरकारको तर्फबाट लगानी वोर्डले स्वीकृत गरिसकेको छ ।

२०७५ फागुन १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: