
१५ फागुन, काठमाडौं
आईसीसी टी-२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा आज नेपालले आफ्नो अन्तिम खेलमा कुबेतसँग प्रतिस्पर्धा गर्दैछ ।
थाइल्यान्डको बैंककमा आज नेपालले कुबेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
कुवेतलाई पराजित गर्दै नेपाल सुखद अन्त्य गर्ने लक्ष्यमा छ । विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना असम्भव जस्तै भएको कारण कुवेतविरुद्धको खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।
यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित हुँदा तेस्रो खेलमा भने नेपालले यूएईलाई सात विकेटले पराजित गर्न सफल भएको थियो ।
त्यस्तै, चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो भने पाँचौ खेलमा चीनलाई पाँच रनले पराजित गर्न नेपाल सफल भएको थियो ।
२०७५ फागुन १५ गते प्रकाशित