Sat. Nov 30th, 2024

सूचना प्रविधि विधेयकप्रति कांग्रेसको आपत्ति

१३ फागुन, काठमाडौं

सरकारले संसदमा दर्ता गरेको सूचना प्रविधिसम्बन्धी विधेयकप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ । सूचना प्रविधिको क्षेत्रलाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नै असर गर्ने प्रावधान राखिएकाले केन्द्रीय समिति बैठकले विरोध जनाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

सूचना प्रविधि विधेयकका अनुदार प्रावधानहरू तत्काल सच्याउनु पर्ने शर्मा बताउँछन् । ‘विधेयकको परिच्छेद १४ मा भएको सामाजिक सञ्जालसम्बन्धी व्यवस्थामा फेसबुक, ट्वीटरजस्ता सञ्जाल नेपालभित्र दर्ता गरेर मात्रै सञ्चालन गर्न पाइने उल्लेख छ । विधेयकमा उल्लेखित व्यवस्थाविपरीत सामाजिक सञ्जाल प्रयोग गरेमा तीस हजारदेखि १५ लाख रुपैयाँसम्म जरिवाना र पाँचवर्षसम्म कैद सजाय हुनसक्ने प्रस्ताव गरिएको छ ।

सूचना तथा प्रविधि मन्त्रालयका ऋषिराम तिवारी भने सूचना प्रविधिसम्बन्धी विधेयकबाट सामाजिक सञ्जाल प्रयोगकर्ता आत्तिनु नपर्ने बताउँछन् ।  यसैबीच, कांग्रेस केन्द्रीय समिति बैठकले फौजदारी संहितामा रहेको प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान सच्याउन संहिता संशोधनको मागसमेत गरेको छ ।

२०७४ फागुन १३ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: