
८ फागुन, काठमाडौं
गायिकाको रुपमा राम्रो छवि बनाएकी कोमल वली अहिले देशको केन्द्रिय राजनीतिमा सक्रिय छिन् । राष्ट्रिय सभाको सभासद् भएपछि उनी अहिले राजनीतिमा बढी सक्रिय भएकी हुन् । तर, उनले गायिका मात्र नभएर, एउटा चलचित्रमा मुख्य नायिकाको भूमिका पनि निर्वाहा गरेकी थिइन् । कोमलले अभिनय गरेको चलचित्रको नाम थियो, ‘राजनीति’ ।
यो चलचित्रमा काम गरेकी कोमल वलीले आफ्नो करिअरमाथि नै आफैले ब्यङ्य गरिन् । उनले भनिन्–‘राजनीति चलचित्र यस्तो हिट भयो कि, हलमा ४ दिन पनि टिकेन ।’ यो चलचित्र नचलेपछि उनले फेरि चलचित्रमा काम गर्न सोच बोकिनन् ।
चलचित्रको राजनीति भन्दा पनि पार्टीगत राजनीतिमा ठिक हुने सोचेर आफूले पोलिटिक्समा हात हालेको उनको भनाई थियो । उनले, नेपाली चलचित्रको कुनै पनि समस्या भएको खण्डमा आफूलाई गुनासो गर्न पनि चलचित्रकर्मीलाई आग्रह गरिन् । चलचित्रकर्मीको कुनै पनि समस्याको समाधान गर्न आफू सधै नै तत्पर रहेको उनको भनाई थियो ।
२०७५ फागुन ८गते प्रकाशित