Mon. Mar 10th, 2025

धादिङमा डण्डीबियो प्रतियोगीता सुरु (फोटोफिचर)


५ फागुन, धादिङ –

धादिङबेसीमा डण्डीबियो प्रतियोगीता सुरु भएको छ । जिल्ला स्काउट कार्यालय धादिङ र नेपाल डण्डीबियो संघको संयुक्त आयोजनामा भएको खेल तीनदिनसम्म संचालन हुनेछ । प्रतियोगीतामा जिल्लाभरका माध्यमिक विद्यालयका ४३ वटा समूहको सहभागीता रहेको छ ।

जिल्लामा पहिलो पटक आयोजना गरिएको डण्डीबियो प्रतियोगीताका लागि प्रशिक्षण समेत गरिएको छ । नयाँ पुस्तालाई खेल सम्वन्धी ज्ञान दिएर लोप हुने अवस्थामा पुगेको डण्डीबियो खेलको जर्गेना गर्न प्रतियोगीताको आयोजना गरिएको नेपाल स्काउट धादिङका जिल्ला समन्वय आयुक्त शिवराज सापकोटाले बताए ।

नयाँ पुस्तालाई खेल सम्वन्धी ज्ञान दिएर लोप हुने अवस्थामा पुगेको डण्डीबियो खेलको जर्गेना गर्न प्रतियोगीताको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । खेललाई संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई खेलको महत्वका वारेमा स्पष्ट पार्ने नेपाल स्काउटका जिल्ला आयुक्त विनोदमान श्रेष्ठले वताए ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितिय हुनेलाई रु ३० हजार, तृतियलाई रु २० हजार र सान्त्वना हुने समूहलाई रु १० हजार पुरस्कार प्रदान गरिनेछ । केही दशक अघि सम्म गाउँघरमा सबैभन्दा बढि खेलिने लोकप्रिय खेल भएपनि अहिले डण्डीवियो खेल हराई सकेको र नयाँ पुस्ताले नियम समेत जानकारी नहुने गरेको छ ।

आइतबार भएको प्रतियोगीतामा लापा मावि र मनरुपी माविबीच भएको खेलमा लापा माविले जितेको छ । त्यस्तै सुनौलो भैरवी मावि र अमरआर्दश माविबीच भएको खेलमा सुनौलो भैरवी माविले जितेको छ ।

२०७५ फागुन ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: