

१ फागुन, धादिङ –
भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको लिग चरणको अन्तिम खेलमा नेपालले इरानलाई ३–० ले हराएको छ । भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा भएको राउण्ड रोविनको आफ्नो अन्तिम खेलमा नेपालले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल गर्दै जित सुनिश्चित गरेको हो ।नेपालको जितमा सावित्रा भण्डारीले २ र अनिता बस्नेतले १ गोल गरिन् ।
अनिता बस्नेतले खेलको ४१औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसपछि सावित्रा भण्डारीले ५९ औं र ८९ औं मिनेटमा गोल गरेपछि नेपाल ३–० ले विजयी भयो ।
जितसँगै नेपाल आफ्नो समूहको दोस्रो स्थानमा उक्लिएको छ । नेपालले तीन खेलमा दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको म्यानमारको दुई खेलबाट ६ अंक छ । शीर्ष दुईमा पर्ने टिम फाइनलमा प्रवेश गर्ने छन् ।
२०७५ फागुन १ गते प्रकाशित