Sat. Mar 15th, 2025

धादिङमा सरकारविरुद्ध नेपाली काङ्ग्रेसको प्रदशनी (भिडीयो सहित)

२१ माघ, धादिङ –

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध धादिङमा प्रदर्शन गरेको छ । महँगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोधमा कांग्रेसले प्रदर्शन गरेको होे ।
महंगी, भ्रष्टाचार तथा सरकारका अनेक जनविरोधी निर्णयविरुद्ध कांग्रेसले सोमबार देशव्यापी प्रदर्शन गरेको नेपाली कांग्रेसका जिल्ला शभापति रमेश धमलाले बताए ।

चिकित्सा शिक्षा विधेयकमा आफ्ना सरोकारहरु नसमेटिएको भन्दै कांग्रेस रुष्ट बनेको छ । त्यस्तै, वाइडबडी खरिदमा भएको घोटालाको निष्पक्ष छानबिनलाई पनि कांग्रेसले आफ्नो प्रमुख एजेन्डा बनाउँदै आइरहेको छ ।

बूढीगण्डकी बहुउद्देश्यीय परियोजना विनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिने सरकारी निर्णय एवम् भेनेजुयला प्रकरणमा सरकार र सरकारको नेतृत्वकर्ता दल नेकपाले अमेरिकाको विरोध गरेको विषयबाट पनि कांग्रेस बेखुस बन्दै आएको छ ।
धादिङमा प्रदर्शनलाई प्रभावकारी बनाउन केन्द्रीय सदस्यहरु कांग्रेसको आम कार्यकर्ता तथा समर्थकहरु यसमा सहभागी भएका थिय ।

२०७५ माघ २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: