
२० माघ, धादिङ –
संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एक दिवसीय क्रिकेट शृङ्खला जितेको नेपालले टीट्वान्टी शृङ्खलाको उपाधि समेत हात पारेको छ ।
टस जितेर फिल्ड रोजेको यूएईलाई अन्तिम खेलमा नेपालले आठ विकेटको क्षतिमा १०५ रनको चुनौती दिएको थियो। नेपालबो ब्याटिङमा कप्तान पारस खड्का र सन्दीप जोराले महत्वपूर्ण योगदान दिए।
१०५ रनको लक्ष्य पछ्याएको यूएईले राम्रो सुरुवात गरे पनि नेपालका लागि सोमपाल कामी, अविनाश बोहोरा र सन्दीप लामिछानेले महत्वपूर्ण विकेट लिए। वर्षाका कारण आइतबारको खेल १० ओभरमा छोट्याइएको थियो । टीट्वान्टी शृङखलाको अन्तिम अर्थात् तेस्रो खेलमा नेपालले जित दर्ता गरेको हो। नेपालको जितका लागि करण केसी एक्लैले एउटै ओभरमा दुई विकेट लिए।
नेपालका लागि कप्तान पारस खड्काले १४ बलमा २९ रन बनाए भने सन्दीप जोराले ११ बलमा २८ रन बनाए। जोरा पाँचौ विकेटको रुपमा ८.३ ओभरमा बाहिरिए । कप्तान खड्का पाँचौ ओभरको अन्तिम बलमा आउट भए। १४ बल खेलेका पारसले एक छक्का र चार चौकाको मद्दतमा २९ रन बनाएका हुन् ।
पहिलो, दोस्रो र तेस्रो ओभरमा पवन शरार्फ, उपकप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरी आउट भए। पवन ०.४ ओभरमा आउट भए भने २.३ ओभरमा बाहिरिए। त्यैगरी तेस्रो ओभरको रुपमा दीपेन्द्रसिंह ऐरी ३.३ ओभरमा आउट भएका हुन्।
ज्ञानेन्द्रले ९ बलमा ११ रन बनाए। ऐरी ३ बलमा २ रन बनाएर आउट भए भने शरार्फ ४ बल खेल्दा शून्य रनमै आउट भए। छैटौं विकेटको रुपमा करण केसी पाँच बलमा १० रन बनाएर आउट भए । बिनोद सातौ विकेटको रुपमा १३ बलमा २१ रन बनाएर आउट भए । आठौ विकेटको रुपमा सोमपाल कामी शून्य रनमै आउट भए । नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो। १०५ रनको लक्ष्य पछ्याउने क्रममा यूएई ९० रनमा समेटिएको हो ।
नेपालले सन् २०१४ को टीट्वेन्टी विश्वकपपछि दुई वर्षका लागि टीट्वेन्टी टोलीको मान्यता पाएको थियो। सो अवसरमा नेपालले दुई टीट्वेन्टी शृंखलासमेत खेलेको थियो। यद्यपि नेदरल्यान्ड्स र हङकङविरुद्धको दुवै शृंखलामा नेपाल पराजित भएको नेपालका लागि आइतबारको जित एतिहासिक बनेको हो ।
२०७५ माघ २० गते प्रकाशित