Mon. Mar 10th, 2025

अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउन भरतपुर महानगर र धुर्मुस–सुन्तली फाउण्डेशनबीच सम्झौता

१६ माघ,चितवन

चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउण्डेशनबीच सम्झौता भएको छ । आज (बुधबार) काठमाडौंमा भईरहेको रगंशाला घोषणा समारोहमा महानगर र फाउण्डेशनबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ हस्ताक्षर गर्दै एक÷एक प्रति आदान–प्रदान गरेका हुन् ।

चितवनको भरतपुरमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माण गर्ने औपचारिक घोषणा लगत्तै सहयोग जुट्ने क्रम सुरु भएको छ ।

काठमाडौंमा घोषणा कार्यक्रम भईरहँदा एस ट्राभल एण्ड टुर्सले रगंशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनलाई तीन करोड रुपैयाँ दिने घोषणा गरेको हो । यस्तै कार्यक्रममै अल्का हस्पिटलले २५ लाख, रविराज सिंहले ११ लाख, अक्सफोर्ड कलेज गैंडाकोटले ७ लाख ७ हजार ७७ रुपैयाँ,  हास्य टेलिऋंखला भद्रगोल टिमको तर्फबाट एक लाख, दिपिका थापाबाट एक लाख १० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

२०७५ माघ १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: