Fri. Mar 14th, 2025

गणतन्त्रलाई नागरिकको जीवनमा अनुवाद गरौं : मुख्यमन्त्री पौडेल

१६ माघ, हेटौंडा

मुख्यमन्त्री डोरमणि पौडेलले शहीदहरुको बलिदान र उत्सर्गले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको वताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई नागरिकको जीवनमा अनुवाद गर्ने जिम्मेवारी काँधमा आएको भन्दै मुख्यमन्त्री पौडेलले शहीदहरुको सपना पूरा गर्न सबैले इमान्दारपूर्वक काम गर्नुपर्ने बताए । ‘हाम्रा आचरण र चिन्तनहरु अझै पुरातन र पम्परागत शैलीका छन,’ उनले भने, ‘शहीदहरुको सपना पूरा गर्न हाम्रा आचरण र शैलीहरु परिवर्तन गर्न जरुरी छ ।’

प्रदेश-३ सरकारले आयोजना गरेको शहीद दिवस कार्यक्रममा शहीद स्मारक हेटौंडाका अध्यक्षसमेत रहेका मुख्यमन्त्री पौडेलले शहीद स्मारकले विगत २४ वर्षदेखि शहीद दिवस मनाउँदै आएको जानकारी दिए ।

स्मारकमा परिवर्तनका निम्ति विभिन्न कालखण्डमा बलिदान दिने १२ जना शहीदहरुको मूर्ति एउटै ढुंगामा कुदिएको छ ।बि.स. १९९७ सालदेखि ०६२/६३ सालसम्म विभिन्न राजनीतिक आन्दोलनमा जीवन उत्सर्ग गर्नेहरुको स्मृति स्मारकमा शहीदस्तम्भ निर्माण गरिएको मुख्यमन्त्री पौडेलले बताए ।

शहीद स्मारक मुलुकको परिवर्तनमा जीवन गुमाउने शहीदहरुको तीर्थस्थल भएको उनले दावी गरे ।प्रदेश-३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले शहीदहरुको बलिदानबाट राणा शासन, निरंकुश पञ्चायत, तानाशाही राजतन्त्र फालेर मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न सफल भएको बताए ।

२०७५ माघ १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: