Wed. Nov 27th, 2024

दक्षिण एसियामा भ्रष्टाचार हुने देशको तेस्रो नम्बरमा नेपाल


१५ माघ, काठमाडौं –

दक्षिण एसियामा धेरै भ्रष्टाचार हुने देशको तेस्रो स्थानमा नेपाल परेको छ । ट्रान्परेन्सी इण्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको अवधारणा सूचक सीपीआईले नेपाल १ सय ८० देशमध्ये १ सय २४ औं स्थानमा रहेको देखाएको हो । सीपीआई प्रतिवेदनमा नेपाल पोहोर १ सय २२ औं स्थानमा थियो ।

नेपाल दक्षिण एसियामा भने बढी भ्रष्टाचार हुने देशको तेस्रो नम्बरमा रहेको ट्रान्सपरेन्सी इण्टरनेसनलले जनाएको छ । दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा धेरै र बंगलादेश दोस्रो धेरै भ्रष्टाचार हुने देशका रुपमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

ट्रान्सपरेन्सी इण्टरनेशनलले विश्वका १ सय ८० देशमा भ्रष्टाचारको अवस्थाबारे अध्ययन गरी एकसाथ सीपीआई प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । डेनमार्क विश्वमै कम भ्रष्टाचार हुने देशको पहिलो सूचीमा परेको छ ।

२०७५ माघ १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: