Mon. Mar 17th, 2025

भेनेजुएलामाथि अमेरिकाको पहिलो ठूलो कारवाही


१५ माघ, काठमाडौँ –

अमेरिकाले भेनेजुएलाको सरकारी तेल कम्पनी पिडिभिएसएमाथि प्रतिबन्ध लगाउँदै विपक्षी नेता खुआन गोइदोलाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न भनेको छ ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले राष्ट्रपति निकोलस मादुरो र उनका सहयोगीले अब भेनेजुएलाका जनताको सम्पत्ति लुट्न नसक्ने बताएका छन् ।

भेनेजुएला आजकाल गम्भीर आर्थिक र राजनीतिक संकटबाट गुज्रिरहेको छ ।अमेरिकासमेत संसारका २० बढी देशले विपक्षी नेता खुआन गोइदोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको रुपमा मान्यता दिएका छन् ।

अमेरिकी अर्थमन्त्री स्टिवेन मनूशिनले अबदेखि भेनेजुएलाको तेल बिक्री गरेको पैसा मादुरोको सरकारसम्म नपुग्ने बताएका छन् । उनले खुआन गोइदोलाई देशको नेता मानेर तेल कम्पनी प्रतिबन्धबाट बच्न सक्ने विकल्प प्रस्तुत गरेका छन् ।

उनका अनुसार अमेरिकास्थित सहायक कम्पनी सिगटो आफ्नो कामलाई निरन्तरता दिन सक्ने तर यसका लागि अमेरिकामा सुरक्षित खातामा पैसा जम्मा गर्नुपर्नेछ ।

भेनेजुएला आफ्नो तेल बिक्रीमा अमेरिकामा निर्भर छ । भेनेजुएलाले आफ्नो तेल ४१ प्रतिशत अमेरिकालाई निर्यात गर्छ । यतिमात्र होइन, उनी अमेरिकालाई कच्चा तेल प्रदान गर्ने संसारको चार सबैभन्दा ठूला उत्पादक देशमध्ये एक हो ।

२०७५ माघ १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: