
१३ माघ, धादिङ –
नागरिक समाज तथा पापड धादिङले आईतबार डाक्टर गोविन्द केसीको जिवनरक्षाको माग राख्दै उल्टो ¥याली निकालेका छन् ।
चिकित्सा विधयक संसदबाट पास गरेको बिरोधमा धादिङमा पनि प्रदशनी गरेका हुन् । डा. गोपन्दि केसीको अनशनको विषय, निर्मला प्रकरण, तथा काँग्रेसका नेताका नाममा खोलिएका अस्पताललाई सरकारले बेवास्ता गरेको विषयलाई लिएर प्रदशनी गरेको संयोजक टंक कुमार श्रेष्ठले बताए।
पछिल्लो समय सरकारले दुई तिहाईको दम्भ देखाउँदै मनपरि गर्न लागेको भन्दै सरकारको हरेक गलत कदममा खडा रहने बताए ।
यसअघि गत शुक्रबार प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएपछि नेपाली काँग्रेसका नेताहरुले अब सडक र सदनमा संघर्षलाई झनै चर्काउने धम्की दिएका छन् ।
शुक्रवारबाटै नेपाली काँग्रेसका भातृ संघठनहरुले देशभरी नै प्रदर्शन थालेका थिए। धादिङको सदरमुकाम धादिङबेसीमा पुछार बजारबाट बिचवजार सम्म पुगेर उल्टो ¥याली सभामा परिणत भएको थियो ।
२०७५ माघ १३ गते प्रकाशित