Mon. Mar 17th, 2025

ब्राजिलः बाँध भत्किँदा मृत्यु हुनेको संख्या ३४ , ३ सय अझै बेपत्ता

१३ माघ, काठमाडौं

ब्राजिलमा शुक्रबार खानीको बाँध भत्किएर आएको बाढीमा परी कम्तीमा ३४ जनाले ज्यान गुमाएका छन् । करिब ३ सय जना हराइरहेका छन् ।

ब्राजिलको दक्षिण–पूर्वमा अवस्थित ब्रुमाडिना नजिकै अवस्थित खानी भत्किँएर आएको लेदोले मानवीय क्षति तथा हताहती भएको हो । बीबीसीका अनुसार, हिलोसहितको बाढीले चमेनागृहमा खाजा खाइरहेकाहरुलाई बगाएको थियो ।

हराइरहेकाहरुको उद्धार तथा खोजी कार्यका लागि उद्धारकर्ताहरु लागिपरेका छन् । माटो पन्छाउने यन्त्रको सहायताले उद्धारको प्रयास भइरहे पनि जीवितै उद्धार हुने सम्भावना कम रहेको राज्यका गभर्नरले बताएका छन् ।

भत्किएको बाँध ब्राजिलकै सबैभन्दा ठूलो खानी कम्पनी भालीको हो । बाँध भत्कनुको कारण खुलेको छैन । ब्राजिलको मिनज जराइसस्थित मारिआनामा तीन वर्षअघि पनि बाँध भत्किएको थियो । जसमा १९ जनाले ज्यान गुमाएका थिए ।

२०७५ माघ १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: